आमा प्रतिभासहित आरजु राणा किन उडिन् दिल्ली ?

नेपाली कांग्रेसकी नेत्री एवं सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा सोमबार साँझ दिल्ली गएकी छन्। 

कांग्रेस नेतृ राणा आमा प्रतिभा राणालाई साथमा लिएर सोमबार साँझ ७ बजे विमानमार्फत दिल्ली गएकी हुन्। प्रतिभा हाल नेपालका लागि जापानकी राजदूतसमेत हुन्।

पछिल्लो समय आरजुको भारत दौड बाक्लिँदै गएको छ । मंसिरमा सम्पन्न आमनिर्वाचनपछि आरजुको यो दोस्रो भारत भ्रमण हो । 

पुरानो गठबन्धन ब्युँतिएर मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा आइपुग्दा कांग्रेस सभापति देउवापत्नीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ​





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार २२:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया