नाबालिका बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६–७ वर्षकी एक नाबालिकालाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खान रहेका छन् । 

खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १८:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया