दाङमा कोदालो प्रहारबाट एकजनाको हत्या, श्रीमती र छोरा पक्राउ
प्रतीकात्मक तस्वीर

घरायसी विवादका कारण दाङमा कोदालो प्रहारबाट एकजनाको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजेतिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो ।    

३२ वर्षीया श्रीमती चन्द्रा सुनार र १७ वर्षीय छोरा शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजन गौतमले भने, ‘घरायसी विवादमा आमाछोरी मिलेर रेशमको हत्या गरेको देखिएको छ । श्रीमती र छोरालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ 

प्रहरीले मङ्गलबार राति नै घटनास्थल पुगेर मृतककी श्रीमती र छोरालाई पक्राउ गरेको छ । मृतक रेशमको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ११:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया