बालेनलाई प्रधानमन्त्रीको जवाफ : सरकार ५ वर्ष नै टिक्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष टिक्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार पाँच वर्ष नै टिक्ने बताएका हुन् ।    

‘कामनपा प्रमुख बालेन्द्र साहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ,’ प्रधानमन्त्री दाहालले भने । 

कार्यक्रममा काठमाडौं महानगर प्रमुख बालेन शाह (बालेन) ले संघीय सरकार अस्थिर भइरहँदा स्थानीय सरकारले दीर्घकालीन काम गर्न नसकेको गुनासो गरेका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री प्रचण्डप्रति अहिलेको सरकार पनि कतिबेर ढल्ने हो कि रहने हो भन्ने जोखिम रहिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

‘केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरै कुरा जोडिएको छ । बागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पत्ति जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला,’ शाहले भने ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १३:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया