कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले १७ चैतमा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत लिने भएका छन् । उनले आगामी चैत १७ गते पुनः विश्वासको मत लिन लागेका हुन् ।

यसअघि उनले मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । राप्रपाले सरकारलाइ दिएकाे सर्मथन फिर्ता लिएपछि शर्माले पुनः चैत १७ गते विश्वासकाे मत लिन लागेका हुन् ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार उनले बुधबार कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन् । 

प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । 

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १७:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया