रास्वपालाई सरकारमा लैजान कांग्रेस र माओवादीकाे सद्भाव छ : सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा नेकपा (माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लैजान सद्भाव देखाएकाे  बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै परियारले रास्वपालाई सरकारमा लैजान सत्तारुढ प्रमुख दुई दलले भइहेकाे दाबी गरे । यद्यपि, सरकारमा जाने सम्बन्धमा अहिलेसम्म टुंगाे नलागेको सांसद परियारकाे भनाइ छ । 

यसबारे ती दलसँग संवाद भइरहेकाे उनले बताए । तर, 'अहिले हाम्रा लागि उपचुनाव महत्त्वपूर्ण छ,'उनले भने, 'संवाद जारी छ तर टुङ्गिएको छैन । मलाई लाग्छ आज/भोलिमा टुंगिन्छ ।’





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १७:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया