सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु

सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ । वर्षा र सहकालका देवताको रुपमा मानिने सेतो मछिन्द्रनाथको रथ प्रत्येक वर्ष चैत्र शुक्ल अष्‍टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुन्छ । 

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर वैशाख १४ गते जात्रा समापन गरिनेछ ।

यसपटक पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।

रथयात्रामा संस्कृति पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, सोबिता गौतमलगायत नेता सहभागी थिए। 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार २१:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया