नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।
उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सङ बिहीबार पोखरेल निवास धापासी पुगेका थिए ।
भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पोखरेलको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।