'कोशी प्रदेश'विरुद्धको आन्दोलनमा जसपाको समर्थन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएको छ । पहिचानवादीको आन्दोलन चर्किंदै गएपछि जसापाले सो आन्दोलनमा समर्थन गरेको हो । 

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलरमा ‘तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिने’ जनाइएको छ ।  

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि सो परिपत्रमा उल्लेख छ ।

गत चैत १ गते  प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाईएको छ । 

कोशी नामाकरण गरेपछि पछिल्ला दिनमा विराटनगरलगायत सहरमा दिनहुँ आन्दोलन भइरहेका छन् । 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार २१:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया