अर्थराजनीति विचौलियाको कब्जामा जाँदैछ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको अर्थराजनीति विचौलियाको कब्जामा गइरहेको बताएका छन् ।

उनले अर्थतन्त्र र राजनीति विचौलियाहरूको कब्जामा गइरहेकाले नै युवा जनशक्ति देशमा सपना देख्न छाडेर विदेश पलायन भइरहेको पनि उल्लेख गरेका छन् ।  

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले उद्यमी/व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर अरूको विचौलिया बनेर बँच्ने अवस्थामा पुगेको आरोप पनि लगाएका छन् ।

‘देशको अर्थतन्त्र र राजनीति विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन् ! यो कहिलेसम्म ?,’ बिहीबार ट्विट गर्दै भट्टराईले प्रश्न गरेका छन् ।  

अर्थतन्त्रबारे देश तत्कालीन र सतही कुरामा केन्द्रित भइरहेको पनि उनको आरोप छ । सुगौली सन्धियता देशको वैदेशिक व्यापार घाटा १५ गुणा नाघेको उल्लेख गर्दै भट्टराईले हिजो औद्योगिक वस्तुमा मात्रै परनिर्भर भएकोमा अब नेपाल कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दै गएको पनि उल्लेख गरेका छन् ।  





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १०:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया