नयाँ वर्षबाट सेवा थप्दै नेपाली रेलले
फाइल तस्बिर

नेपालको एकमात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वे सेवाले आफ्नो सेवा विस्तार गर्न लागेको छ । यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय तालिका सार्वजनिक गर्न लागिएको हो । 

अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन हुने भएको छ । जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्ने छ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किने छ । 

कुर्थाबाट फेरि मध्यान्ह २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । 

जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चारपटक रेल चल्ने भएको उनले बताए । रेलको भाडा दर यस अघि नै निर्धारण भइसकेको छ । 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि महोत्तरीको विजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कूल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ ।

भारत सरकारको ५ अर्ब भारतीय रकममा निर्माण हुने रेल्वेको स्टेशन, रेल ट्र्याक सहितको संरचनाहरू महोत्तरीको विजलपुरासम्म तयारी भएपनि बर्दिबासमा जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माण हुन नसकेपनि अहिले जग्गा अधिग्रहणको काम भइरहेकाले चाँडै थप निर्माण हुने भएको झाले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १६:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया