बैंग्लोरका टोप्लीले आइपिएलका बाँकी खेल गुमाउने

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) भारतमा जारी आइपिएलमा खेलाडीको चोटका कारण समस्यामा परेको छ । हालै टोलीका युवा स्टार ब्याटर रजत पाटीदार चोटमुक्त हुन नसकेपछि प्रतियोगिताबाटै बाहिरिए । 

उनी आइपिएलबाट बाहिरिएलगत्तै टोलीका तीव्र गतिका बलर रिस टोप्ली पनि चोटकै कारण घर फर्किएका छन् । टोप्ली मुम्बई इण्डियन्सविरुद्धको खेलमा घाइते भएका थिए । उनको दाहिने काँधमा चोट लागेको छ ।

आरसिबीका मुख्य प्रशिक्षक सञ्जय बांगरले टोप्लीले आइपिएलका बाँकी खेल गुमाउने पुष्टि गरे । इंग्ल्याण्डका टोप्लीका लागि यो डेब्यु आइपिएल थियो । आरसिबीले उनलाई अक्सनबाट  १ करोड ९० लाख भारुमा अनुबन्ध गरेको थियो ।

टोप्लीले डेब्यु खेलमा २ ओभरमा १४ रन दिएर एक विकेट लिए । दोस्रो खेलमा उनको स्थानमा डेविड विलीले प्लेइङ–११ मा मौका पाए ।

विलिले ४ ओभरमा एक मेडनसहित महत्वपूर्ण २ विकेट लिँदा ब्याटिङमा अविजित २० रन बनाए । त्यसका बाबजुद बैंग्लोरले कोलकाता नाइट राइडर्ससँग ८१ रनको हार बेहोर्‍यो ।

बैंग्लोरमा आबद्ध दुई प्रमुख बलर जोस हेजलउड र वानिन्दु हसरंगा अहिलेसम्म टोलीमा जोडिएका छैनन् । उनीहरू १४ अप्रिलसम्म टोलीमा जोडिने आरसिबीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार ९:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया