आइपिएल
लखनउविरुद्ध पहिलो जितको खोजीमा हैदराबाद

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जायन्ट्सले घरेलु मैदानमा सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

लखनउ र हैदराबादबीचको खेल राति ७ः४५ देखि अटल बिहारी वाजपेयी स्टेडियममा सुरु हुनेछ । लखनउ आज हैदराबादलाई हराउँदै लिगमा दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।

दोस्रो खेलमा भने लखनउले चेन्नई सुपर किंग्सँग १२ रनको हार बेहोर्‍यो । ​चेन्नईविरुद्धको हारलाई बिर्सिँदै लखनउ हैदराबादविरुद्ध उत्कृष्ट कमब्याक गर्ने सोचमा छ । हैदराबाद भने पहिलो जितको खोजीमा छ ।

ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । हालसम्म आइपिएलमा लखनउ र हैदराबादले ​एक खेलमा प्रतिस्पर्धा गरेका छन् ।

गत संस्करणमा भएको सो खेलमा लखनउले हैदराबादलाई १२ रनले हराएको थियो । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार ११:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया