२४ घण्टामा ९९ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ४ सय नजिक

गत २४ घण्टामा ​देशभर आज ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६३५ नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।  

१ हजार ४५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ जनामा र १७७ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यही अवधिमा २६ संक्रमणमुक्त भएका छन् । 

हाल देशभर कोरोनाका ३७३ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा रहेका कोरोना संक्रमितमध्ये १७ जना संस्थागत आइशोलेसनमा छन् ।

चारजना आइसियूमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले खोप लगाउन अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १८:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया