हैदराबादलाई हराउँदै लखनउ आइपिएलको शीर्ष स्थानमा

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।

जारी सिजनमा लखनउको दोस्रो जित हो । उसले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराउँदा चेन्नई सुपर किंग्ससँग भने १२ रनको हार बेहोर्‍यो । तेस्रो खेलमा हैदराबादले दिएको १ सय २२ रनकोा सामान्य लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि कप्तान केएल राहुलले ३५, कृणाल पाण्ड्याले ३४ र कायल मेयर्सले १३ रन बनाए । निकोलस पूरन ११ र मार्कस स्टोइनिस ११ रनमा अविजित रहे । 

हैदराबादका लागि आदिल राशिदले दुई, उमरान मलिक, फजदहक फारुकी र भुवनेश्वर कुमारले एक/एक विकेट लिए । त्यसअघि लखनउस्थित अटल बिहारी वाजपेयी एकना स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनायो । 

उसका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रीत सिंहले ३१, अब्दुल समदले अविजित २१ र वासिङ्टन सुन्दरले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि कृणाल पाण्ड्याले तीन, अमित मिश्राले दुई, रवि विश्नोई र यश ठाकुरले एक/एक विकेट लिए ।

यो जितसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबाद पुछारमा रहेको छ । ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।  





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार ६:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया