अर्थतन्त्र सुधारोन्मुख भए पनि ट्र्याकमा आइसकेको छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केतहरू देखिएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक, राजश्व सङ्कलनमा वृद्धि, पुँजीगत खर्चमा सुधार देखिएको बताए । अर्थतन्त्रमा केही सुधार देखिए पनि ट्र्याकमा भने आई नसकेको दाहालको भनाई छ ।

उनले भने, ‘कम्तीमा १० महिनालाई पुग्ने गरी विदेशी विनिमय सञ्चिती रहेको छ ।  पछिल्लो समय उल्लेख्य रूपमा राजश्व संकलन हुन थालेको छ । बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भइरहेको छ, ।’ 

अर्थतन्त्रका वर्तमान जटिलतालाई हटाउन सरकार प्रयासरत रहेको समेत प्रधानमन्त्री दाहालले बताए । उनले आगामी बजेटमा केही नयाँ र गुणात्मक प्रकृतिका परियोजनालाई अगाडी बढाइने बताए । चेम्बरको उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको पूर्व सन्ध्यामा छ । परम्परागत प्रकृतिको नीति कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ । सरकारले यो पटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ विगतभन्दा केही गुणात्मक नीति कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ । जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, ।’

बैंक वित्तीय संस्थामा उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पनि पहल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।  





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १५:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया