इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ । इन्टरनेट सेवा प्रदायकका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशकसहितको उपस्थितिमा साेमबार आयोजित विशेष भेलाले यस्ताे नीति लिएकाे हाे ।  

नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्नेसमेत नीति लिएको छ ।  

इन्टरनेट सेवा प्रदायकबीच सहकार्य गर्न आह्वान गरिएको उक्त भेलामा सेवा प्रदायकको बृहत् छलफलपश्चात् इन्टरनेट सेवा र त्यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलाले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवं गरिमामय बनाउनका लागि आवश्यक छलफल/हातेमालो/सहकार्य गर्दै जाने निर्णय पनि गरेको छ ।   

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, 'भेलाले माथि उल्लिखित बुँदाहरु (बुँदा १ र बुँदा २) कार्यान्वयन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्ने/गराउने उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने र प्रक्रियागत  सुधार लगायतका आवश्यक कार्यहरु गर्नेछ ।'





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १८:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया