नयाँ वर्षदेखि ब्याजदर घट्ने

वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तयारी गरेका हुन् ।

बुधबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो । 

नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.९९ प्रतिशत हुनेछ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७.९९ प्रतिशत कायम हुने बताइएको छ ।

अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम हुने भएको छ ।  





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १२:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया