मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
फाइल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले आज साझेदार दलहरूसँग छलफल गरिरहेका छन् ।

आज बिहान बसेको सत्तारुढ तीन दलको बैठकमा सहमति भने हुन सकेन । मन्त्रालय बाँडफाँटबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच कुरा मिल्न नसक्दा बैठक बिना निष्कर्ष टुंगिएको थियो । 

मन्त्रालय भागबन्डामा सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरूको छलफल सहमति हुन नसकेको हो । यस विषयमा छलफल गर्न आज बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ। 

यसअघि प्रधानमन्त्री प्रचण्डले सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सरकारले पूर्णता भने पाउन सकेको छैन। अझै ६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् । 





  • प्रकाशित मिति : बैशाख २, २०८० शनिबार १३:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया