लाइभ अन्तर्वार्ता दिँदादिँदै गोली हानी हत्या गरिएका अतिक अहमद को हुन् ?

भारतमा अपहरणमा दोषी ठहर गरिएका एकजना पूर्वराजनीतिज्ञलाई उनका भाइसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ ।​

अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा एकजना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन् । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए । उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’ मा राखेका छन् ।

विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन् ।

को हुन् अतिफ अहमद ?

अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ । उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए । अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए ।



भिडियोमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ । स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो । 

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ । 



क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, ‘उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ ।’ पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन् ।

शनिबार रातिको उक्त घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन् ।

अहमदले हत्या र आक्रमणको अभियोग खेपिरहेको उत्तर प्रदेशको प्रयागराजमा प्रहरी हिरासतमा रहेका उनी र उनका भाइलाई ल्याइएको थियो ।

दुवै जना गएको अप्रिलमा महिनामा फेब्रुअरीमा हत्या गरिएका उमेश पालको मुद्दासँग जोडेर पक्राउ परेका थिए । सन् २००५ मा बहुजन समाज पार्टीका सांसद राजु पालको हत्या गरिएको घटनामा उमेश मुख्य प्रत्यक्षदर्शी थिए ।

अहमदलाई सन् २०१९ मा अपहरणमा दोषी पाइएपछि जेलमा थुनिएको थियो । हत्या आरोपमा खोजी गरिएका अतिक अहमदका छोरा असद र अर्का व्यक्ति अघिल्लो हप्ता प्रहरीसँगको झडपमा मारिएको भनिएको थियो । बीबीसी 

  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १४:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया