मोटरसाइकल चलाएर नेपाल आइपुगे भारतीय अभिनेता अजित कुमार
तस्बिर : सामाजिक सञ्जाल

दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आइपुगेका छन् । उनी मोटरसाइकलमा केही सहयोगीसहित नेपाल आइपुगेका हुन् । 

आइतबार धुनषाको ढल्केबरमा देखिएका अजित सोमबार झापाको सुरुंगा पुगेका छन् । मोटरसाइकल चलाएर नेपाल आइपुगेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष ५१ वर्षीय अजित बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।  





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १४:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया