पहाडमा वर्षा, उपत्यकामा तुवाँलो र तराईमा हावाहुरीको सम्भावना

मंगलबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै, कोशी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि सामान्यतः मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले काठमाडौं उपत्यकालगायत देशका धेरै भू–भागमा तुवाँलो र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना सम्भावना रहेका सतर्कता अपनाउन पनि सुझाव दिएको छ ।    





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार ७:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया