एसी मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा नेपोलीसँग १–१ गोलको बराबरी खेलेसँगै ऊ डेढ दशकपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।  

नेपोलीविरुद्ध मिलानले समग्रमा २–१ को जित निकाल्यो । गएराति डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सम्पन्न खेलमा मिलानका लागि ओलिभर जिरुडले गोल गरे । २२ औँ मिनेटमा पेनाल्टीमा चुके पनि यनले ४३ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । 

८२ औँ मिनेटमा केभिचा कभरात्केलिया पेनाल्टीमा चुक्दा नेपोली बराबरी गर्न चुक्यो । इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गरे पनि नेपोली अन्तिम चारमा पुग्न पर्याप्त भएन ।  

पहिलो लेगमा मिलान १–० ले विजयी भएको थियो । मिलानले सेमिफाइनलमा इन्टर मिलान वा बेन्फिकाबीचको विजेताविरुद्ध खेल्नेछ ।  





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार ७:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया