यसै वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्दै भारत

संयुक्त राष्ट्रसंघको जनसंख्या प्रतिवेदनले भारत यसै वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने देखाएकाे छ । यस वर्षको मध्यसम्ममा भारतको जनसंख्या चीनको भन्दा ३० लाखले बढी हुने साे प्रतिवेदनकाे ठहर छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्र संघीय जनसंख्या काेष (युएनएफपिए)को ‘स्टेटस अफ वर्ल्ड पोपुलेसन रिपोर्ट, २०२३’ को तथ्यांकअनुसार यस वर्ष भारतको जनसंख्या १४२.८६ करोड हुनेछ भने चीनको जनसंख्या १४२.५७ करोड हुनेछ। 

अमेरिका तेस्रो स्थानमा रहने र उसकाे जनसंख्या ३४० मिलियन रहने प्रतिवेदनमा भनिएको छ । यी अनुमान फेब्रुअरी २०२३ सम्मको तथ्यांकमा आधारित हुन्।

भारतको पछिल्लो जनगणना २०११ मा भएको थियो । त्यसपछि जनगणना भएको छैन । २०२१ मा हुनुपर्ने जनगणना महामारीका कारण हुन नसकेको हाे । 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १७:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया