भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो

एजेन्सी– विपक्षी कार्यकर्ताद्धारा सरकारी नाकाबन्दीका बीच मानवीय सहायता पुर्याउने भेनेजुएलाको सीमाका शरहमाा हिंसा भएको छ । 

कोलम्बियाको प्रवासन एजेन्सीका अनुसार भेनेजुएला नेशनल गार्डका केही जवानले आफ्नो चौकी छोडेका छन् । 

कोलम्बियामा काम खोज्न सीमा पार गर्न प्रयास गरिरहेका कतिपय मानिसलाई भेनेजुएलाका जवानले अश्रुग्याँस प्रहार गरेका छन् । 

भेनेजुएलामा मानवीय सहायता पुर्याउन खोजेपछि यो विवाद सुरु भएको हो । राष्ट्रपति निकोलस मदुरोका अनुसार सहायता रोक्नका लागि कोलम्बियासँगको सीमाा आंशिक रुपमा बन्द गरिएको छ । योसँगै भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । 

शुक्रबार ब्राजिलको सीमा नजिक भेनेजुएलाका सुरक्षाबलले गोली चलाउँदा दुई मानिसको मृत्यु भएको थियो । शनिबार फेरि दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

यता, स्व–घोषित अन्तरिम राष्ट्रपति जुआन गोइदोले शनिबार लाखौं स्वयंसेवक खाद्य तथा औषधिलगायतका मानवीय सहायता पुर्याउन मद्दत गर्ने बताएका थिए । 



भेनेजुएलामा जुआन समर्थित देशले गरेकाे मानवीय सहयाेग ठूलाे मुद्दा बनेकाे छ । 
 



  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार ११:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया