विराटनगरमा खुल्ला रूपमा माछा–मासु बिक्री वितरणमा रोक

विराटनगर महानगरले खुल्ला रूपमा माछा–मासु बिक्री वितरणमा रोक लगाउने भएको छ । महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत माछा–मासु बिक्री वितरणमा नियमन गरिन लागेकाे हाे । 

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खुल्ला रूपमा माछामासु बिक्री हुँदा बजारको सौन्दर्यकरणमा ह्रास आएको ठहर गर्दै साे नियम लगाउन लागेका हुन् । विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको उनले बताए । 

पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । माछा–मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियानमा विराटनगरवासीबाट साथ र सहयोग प्राप्त हुने महानगर प्रमुख कोइरालाकाे विश्वास छ ।

महानगरले सार्वजनिक रूपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरेको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरी खुल्ला ठाउँमा माछामासु बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गरिने पशुपक्षी शाखाका प्रमुख शुभ नारायण यादवले बताए । 





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार १९:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया