१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

सिसिटिभी जडानका लागि काठमाडौं महानगरले दियो प्रहरीलाई ६ करोड

काठमाडौं महानगरपालिकाले सिसिटिभी जडानका लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नो चुनावी वाचाअनुसार चोकचाकमा सिसिटिभी जडान गरिन लागिएको बताए ।  


‘चुनाव पहिले मैले भनेको थिए चोक चोकमा (सिसिटिभी) हाल्नेछु , यस्को सुरुवात हामीले यसको  जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ,’ बालेनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । 



सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए ।

‘शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौँ । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,’ मेयर शाहले लेखेका छन् । 





  • प्रकाशित मिति : ८ वैशाख, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया