\


झलनाथ खनाल भन्छन्- एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुँदैन
फरकधार / ९ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्
फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम जानुभएका सम्मानित नेता खनालले यस्तो बताएका हुन् । 

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताए । उनले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेकोसमेत बताए । 

उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए । उनले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेकोसमेत बताए । देशको विभिन्न क्षेत्रहरू जस्तै पवित्र धाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए । 





  • प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार १२:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया