\
एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार च्यासलमा आयोजित कार्यक्रममार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो।
न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।एमाले प्रवेश गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गरे।
न्यौपानेले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने उल्लेख गर्दै साे पार्टी छोड्ने अभियान जारी रहने बताए । एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताउँदै उनले एमालेको झण्डामुनि आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।