चितवन २ मा सर्वदलीय बैठक स्थगित

चितवन २ मा सर्वदलीय बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले रास्वपाका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बारे छानबिनको माग राख्दै दिएको निवेदनउपर कारबाहीको अडान राखेपछि सर्वदलीय बैठक भाँडिएको हो । 

मतगणना सुरु गर्नुअघि बोलाएको बैठकमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी प्रमुख पनि सहभागी भएका थिएनन् । प्रजिअले आफू नआएर प्रतिनिधि पठाएका थिए । कांग्रेसले उनीविरुद्ध पनि उजुरी दिएको छ । 

चितवन कांग्रेसका सभापति राजेश्वर खनालले सिडिओ र प्रहरी प्रमुख नआएपछि आफूहरु बैठक छाडेर हिँडेको जानकारी दिए । 

कांग्रेसका नेताहरु मतगणनास्थलबाट बाहिरिएपछि रास्वपाका उम्मेदवार रवि लामिछानेलगायत नेताहरु पनि बाहिरिएका छन् ।





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार २३:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया