तनहुँ-१ मा स्वर्णिम वाग्लेले कटाए ९ हजार मत, गोविन्द भट्टराई ५ हजार भोटले पछाडि

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बरको अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार ११८ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१३ मत ल्याएका छन् ।

उनी र वाग्लेबीचको मतान्तर ४ हजार ९८५ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले  २ हजार ४३० मत प्राप्त गरेका छन् ।  

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको त्यहाँ उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ ।  

विभिन्न ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ–१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ । 
 





  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार ९:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया