मंगलबार नेप्से दोहोरो अंकले उकालो

नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ । साताको दोसो कारोबार दिन साेमबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६४ वटा कम्पनीका २७ हजार ७६६ पटक कारोबारमा २७ लाख ५७० कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार २७० रूपैयाँ बराबरको कारोबार भएका छन् ।

मंगलबार म्युचल फण्डबाहेकका उपसमूहमा हरियाली देखिएको छ । म्युचल फण्ड ०.०९ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहमा बैंकिङ ०.९९ विकास बैंक १.६५, वित्त १.२३, होटल तथा पर्यटन १.९२, लगानी १.४१, जीवन बीमा ०.६१, उत्पादन १.८२, माइक्रोफाइनान्स ०.४७, नीर्जीवन १.१२,  अन्य ०.४८ र व्यापार ०.६३ प्रतिशतले बढेको छ ।

मंगलबार तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक ८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै खप्तड लघुवित्त ७.८५, सिटिजन्स म्युचल फण्ड ५.१३, सिदार्थ प्रिमियर ४.५१ र माछापुछ्रे बैकका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन् ।

मंगलबार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।



कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ९१ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा कालिञ्चोक दर्शनको ३ करोड १ लाख १६ हजार रूपैयाँको कारोबार भएको छ । 

तेस्रोमा नबिल बैंक २ करोड ६९ लाख ५० हजार,  हिमालय डिष्टिलरी २ करोड ३७ लाख ६२ हजार र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख २१ हजार रूपैयाँको कारोबार भयो ।



  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार १५:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया