चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छुः नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

बुधबार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवाद काटेर मात्रै प्रसारण गर्न भन्दै चलचित्र प्रसारणमा रोक लगाएको बताउँदै उनले आफ्नो चलचित्रमा हटाउनैपर्ने कुनै त्यस्ता दृश्य नरहेकाले सबै दृश्य र संवाद राखेर प्रर्दशन गर्न दिन आग्रह गरेको बताए । 

उनले भने ‘कुनै पनि दृश्य नकाटीकन दर्शकसँग लैजान पाऊँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायलय, अदालत छ ।’
 





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १६:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया