बलराम विश्वकर्मा बने ‘हिमालय लोकस्टार’

नेपाली गायन रियालिटी सो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको उापाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए ।  

विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे । 

प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले ३ लाख नगदसहित पुरस्कार गरे । यस्तै, क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै २ लाखसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रूपमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार ६:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया