एसिसी प्रिमियर कप
कतारविरुद्ध नेपाल दबाबमा, ६२ रन बनाउँदा गुमायो ४ विकेट

एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १५.३ ओभरमै महत्वपूर्ण ४ विकेट गुमाएको छ ।  

नेपालले चौथो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत २७ रनमा गुमायो । उनलाई ओवेस अहमदले एल्बीडब्लू धरापमा पारे । नेपालले तेस्रो विकेट गुमाउनेक्रममा ओपनिङ ब्याटर आसिफ शेखलाई १९ रनमा गुमाउन पुग्यो । 

उनलाई इक्रामुल्लाह खानले क्याच आउट गराए । जारी प्रतियोगितामा आसिफ लयमा देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध १ र ओमानविरुद्ध शून्यमै आउट भएका थिए । नेपालले दोस्रो विकेटको रूपमा भीम सार्कीलाई व्यक्तिगत ६ रनमा गुमायो । उनी खराब सर्ट खेलेर विकेटकिपरको हातबाट क्याच आउट भए ।

भीमलाई पनि गायन मुनवीराले आउट गरे । त्यसअघि उनले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई २ रनमै पवेलियनको दिशा देखाए ।  जारी प्रतियोगितामा ओपनर भुर्तेल पनि लयमा खासै देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध ३८ तथा ओमानविरुद्ध शून्यमै आउट भएका थिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । 

आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाल आज पनि उत्कृष्ट जित निकाल्न चाहन्छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।  





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार १०:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया