ए डिभिजन लिग फ्रेन्ड्स र एपिएफकाे बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको फ्रेन्ड्स क्लब र विभागीय टोली एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार फ्रेन्ड्स र एपिएफले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा एपिएफले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । 

२७औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको उत्साह जगाएका थिए । तर, ५२औं मिनेटमा  फ्रेन्ड्सका राफिक अमिनुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

एपिएफ र फ्रेन्ड्स दुवैको लिगमा तेस्रो बराबरी हो । बराबरीसँगै १३ खेलबाट १८ अंक बनाएको एपिएफ छैटौं स्थानमा छ । समान खेलबाट १५ अंक बनाएको फ्रेन्ड्स १०औं स्थानमा छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार १७:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया