उपनिर्वाचनबाट निर्वाचित तीन सांसदले आज शपथ लिँदै

गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीनजना सांसदले आज शपथ लिँदैछन् । 

तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्ले, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज बिहान साढे ११ बजे शपथग्रहण गर्न लागेका हुन् । 

उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउनेछन् । गत ४ मंसिरको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएपछि १० वैशाखमा तीन क्षेत्रमा उपनिर्वाचन भएको थियो । 

उपनिर्वाचनबाट लामिछाने फेरि भारी मतान्तरका साथ विजयी भए । तनहुँ–१ बाट निर्वाचन वाग्ले भने पहिलोपटक संसद प्रवेश गर्दैछन् । 

मंसिरको चुनावमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी–२ मा पराजित भएका जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनको साथमा बारा–२ बाट उपनिर्वाचन जिते । 





  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार ९:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया