चलचित्र ‘​पसाद २’ आजबाट प्रदर्शनमा

नेपाली चलचित्र ‘​पसाद २’ आजबाट देशभर प्रदर्शनमा आउँदैछ । विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद २’ आजबाट प्रदर्शनमा आएको हो । 

यसअघि गत २४ चैतमा प्रदर्शन हुने भनिएको फिल्मको आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो ।

निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको थियो ।

राजनीतिक र सामाजिक कथाको फिल्म प्रसाद २ मा विपिन र केकीसँगै अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको संगीत र सुशील पौडेलको लेखन रहेको छ । चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
 





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार १०:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया