विष्णु पौडेलको प्रश्न- देशमा सरकार छ ?
फाइल तस्बिर

नेकपा (एमाले) का नेता एवं सांसद विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गरेका छन् ।  

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली यही १३ वैशाखमा आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए । 

सो घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उनले घाइतेको काठमाडौंमा ल्याएर उपचार गर्न सरकारसँग माग गरे । घटनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेता पौडेलले भने, ‘देशमा सरकार छ कि छैन ? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।’ 

उनले शान्ति सुरक्षा जनताको अधिकार भएको  र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरे । नेता पौडेलले केही दिनअघि काठमाडौंमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग पनि माग गरे । 





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार १५:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया