कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिएका छन् । उनले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत लिएका हुन् ।
शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।
उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले मत हालेका हुन् ।
नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले भने विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए ।
यसअघि शर्माले ६ माघमा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यस्तै उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।