साहित्यकार दिलिप योञ्जनका तीन मुक्तक संग्रह सार्वजनिक

कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह ‘आगमन’ ‘अमर’ र ‘अविरल’ को दोस्रो संस्करणको संयुक्त विमोचन गरिएको छ ।

मुक्तक संग्रह शनिबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच विमोचन गरिएको हो । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्वारा लिखित कृति सार्वजनिक गरिएको हो । 

वरिष्ठ  साहित्यकार डा. रेनुका सोलु, साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्तरूपमा मुक्तक संग्रह गरेका थिए । कार्यक्रममा उपस्थित साहित्यकारले दिलिपद्वारा लिखित मुक्तक संग्रहभित्रका मुक्तक वाचनसमेत गरेका थिए । उपस्थित सर्जकले योञ्जनले साहित्यका विविध क्षेत्रमा पुर्याएको योगदान अमूल्य रहेको बताए ।  

साहित्यकार सोलुले मुक्तक संग्रहभित्र भएका सिर्जनाले वर्तमान र भविष्यप्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताइन् । अर्की साहित्यकार  शेरचनले परदेशमा रहेर नेपाली सिर्जनालाई विश्वसामु पुर्याएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताइन् । कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले पनि योञ्जनले भौगोलिकरूपमा टाढा रहँदा पनि मौलिक सिर्जनामा मुक्तककारले पुर्याएको योगदान अमूल्य रहेको बताए ।

साहित्यकार योञ्जनका हालसम्म ‘मान्छेको भिडमा’ र ‘आस्था खोजिरहेछु’ कविता संग्रह प्रकाशित छन् । साथै, ‘गाउँबेसीमा फुलै फुल्यो’ गिती संग्रह ‘अनुपम’ ‘अमूल्य’ ‘अजम्बरी’ ‘आफ्नै छायाँले’ ‘अनुराग सिडि’ ‘अविरल अमर’ लगायतका सिर्जना प्रकाशित छन् ।  





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ११:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया