भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दीप श्रेष्ठ र शक्ति बल्लभलाई

भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ घोषणा गरिएको छ । 

यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र संगीततर्फ संगीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिए । 

उनका अनुसार पुरस्कार राशि जनही ५० हजार छ । गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएको तथा औषधि उपचार गर्नबाट वञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिने उनले जानकारी दिए । यसको पुरस्कार राशि २५ हजार छ ।

यही वैशाख २३ गते आयोजना गरिने विशेष सांगीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए । गायक आचार्यले भने, ‘नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा काम गरिरहेका संगीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनेर हामीले हरेक वर्ष यो सम्मान गर्दै आइरहेका छौँ ।’ 

आगामी दिनमा यसलाई अझै समयानुकूल बनाउँदै अगाडि बढ्ने योजना रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार २२:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया