विवाह बन्धनमा बाँधिए रियाशा र भिक्टर

कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल बुधबार विवाह बन्धनमा बाँधिएका छन् । 

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएको यो जोडीले लामो समय आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरलाई धेरै शुभचिन्तकले बधाई तथा शुभकामना दिएका छन् ।

रियाशाले आफ्नो फेसबुक अकाउन्टमा विवाहको तस्बिर सेयर गर्दै सोलमेट्स ह्यासट्याग दिएकी छिन् । उनले लेखेकी छिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ ।’





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार २०:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया