उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो । 

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने बताएका थिए । 

सो क्रममा राजदूत सङले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेकाे उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १८:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया