प्रहरीले नियन्त्रणमा लिएको बलात्कार आरोपितलाई गाउँलेले भगाए

कालीकोटमा बलात्कारको आरोप लागेका एकजनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् । 

आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत घाइते भएका छन् । सो घटनामा परी स्थानीय धनमान विकसमेत घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए । आरोपित बुढालाई   सदरमुकाम ल्याउन गएको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन् । आक्रमणपछि आरोपित बुढा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक बमले बताए । 

बुढाले ०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । तर घटनापछि बुढा भने फरार थिए । 

घरमा आएको जानकारी पाएपछि रावतको नेतृत्वमा प्रहरी टोली पलाँता–६ सैन पुगेको थियो । घरमै सुतिरहेका बुढा पक्राउ परे पनि स्थानीयको आक्रमणपछि भने फरार भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार २१:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया