इङवा हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आज बिहान बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय ठमेलमा आइपिओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आइपिओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०/१० कित्ता र ९ जनाले ११/११ कित्ता पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://nsmbl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।
सिडिएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट www.ingwahydropowerltd.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आइपिओको नतिजा हेर्न सकिन्छ ।
७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६ सय ३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था थियो ।
कम्पनीले १३ वैशाखदेखि १७ गतेसम्म निष्कासन खुला गरेको थियो । कम्पनीले ताप्लेजुङमा ९.७ मेगावट जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।