नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्र द्रोह हो, प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने बताएका छन् । उनले यस प्रकरणमा प्रहरी राजनीतिक दबाब र पक्षधरताबाट मुक्त हुनुपर्ने बताएका हुन् ।    

‘साधन र स्रोतका बाबजुद आपराधिक घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल प्रहरी सक्षम छ । विगतमा कतिपय जटिल र अप्ठ्यारो ठानिएका घटनामा नेपाल प्रहरीले आफूलाई काबिल सबित गरेको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीको अनुसन्धानमाथि बाह्य दबाब, राजनीतिक हस्तक्षेप र स्वार्थ समूहले रोटी सेक्न खोज्दा अनुसन्धान कसरी बरालिन्छ भन्ने कुरा निर्मला पन्त काण्डबाट नेपाल प्रहरीले पाठ सिकेकै होला । नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होइन मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्वकै अगुवाइमा भएको राष्ट्र द्रोह हो ।’ 

उनले आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने कुनै शब्द नरहेको पनि उल्लेख गरेका छन् ।  

‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपूरणीय क्षति पुगेको छ’, सचिव भट्टराईले लेखेका छन्, ‘पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई शुद्धीकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको जालो नष्ट गर्ने, नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’  





  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार ११:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया