\
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रहरी हिरासतमा प्रमाण नष्ट गरेकाे भनेर प्रकाशित समाचारकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खण्डन गरेकाे छ । खाणले उक्त प्रमाण चपाई निलेको भनेर केही दिनयता प्रकारशन भएका समाचारप्रति ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ।
एक अनलाइनले ‘बालकृष्ण खाणले कागज चपाएर निलेको कथाको के हो वास्तविकता ?’ शीर्षकमा प्रकाशित गरेको समाचार भ्रामक र तथ्यहीन समाचार भएको प्रहरीले बताएको छ। भुटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा मात्र समाचार सम्प्रेषण गर्न प्रहरीले सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।
यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न-गराउन प्रहरीले अनुरोध गरेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।