अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ खुला

अप्पर स्याङ्गे हाइड्रोपावरको आजदेखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो ।   

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । 

सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

उक्त आइपिओमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने स्थानीय बासिन्दाहरूले १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 
उक्त आइपिओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ ।  





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १०:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया