म्याद थप गरी अनुसन्धान गर्न नेता रायमाझीलाई जिल्ला अदालतमा उपस्थित गराइयो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि नेपाल प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराएको हो । 

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नै नेपाली कांग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गरी अनुसन्धान जारी छ । 

पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अन्य केही व्यक्तिलाई समेत संलग्न रहेको आशंकमा पक्राउ गरी अनुसन्धान जारी छ । 
 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १६:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया